ललितपुर । निजामति दिवसको अवसर पारेर ललितपुरको महांकाल गाउँपालिकाले व्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ ।
२२ र २३ भदोमा गाउँपालिकाका कर्मचारी, पालिकाभित्र रहेका संघीय तथा स्थानीय कार्यालय, जनप्रतिनिधि, शिक्षक र प्रहरीबीच प्रतियोगिता गर्न लागेको पालिकाले २२ भदौभित्रमा नाम दर्ता गराइसक्न भनेको छ ।
पालिकाले व्याडमिन्टन प्रतियोगिताको नारा भने ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ तय गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० ०९:३९
प्रतिक्रिया दिनुहोस्