Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंँका मेयर बालेनले सुटुक्क हटाए भाइरल ‘आगो स्टाटस’ 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्कीसहित सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हटाएका छन् । 

साइबर अपराधको कानुन आकर्षित हुने र उनको सोचमाथि प्रश्न उठाउने ठाउँ भेटिएको भन्दै चौतर्फी आलोचना भएपछि उनले स्टाटस हटाएका हुन् । 

स्टाटस हटाएपनि किन र के कारण हटाइएको हो भनेर उनले केही उल्लखे नगरी सुटुक्क हटाएका हुन् । आइतवारमात्र उनले सो स्टाटस लेख्नुका कारणबारे स्वकीय सचिवमाफृत प्रष्टिकरण दिएका थिए । 

उनले सुत्केरी श्रीमती लिएर हिडेको महानगरको गाडीमा अनावश्यक खानतलासी गरेको प्रहरीले अनावश्यक दुःख दिएको स्पष्टीकरण दिएका थिए । 

उनको सो स्टाटसमा १ लाख २० हजार भन्दा वढीले प्रतिकृया दिएका थिए भने ४२ हजार जनाले सो स्टाटस शेयर गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update