Odapalika - The Fourth Estate - चौथो अंग
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 

सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो । 

उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकाले भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ७८ हजार  रुपैयाँ बिगोसहित सजाय माग दाबी गरेर मुद्दा दर्ता गरेको प्रवक्ता घिमिरेले जनाए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update