Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो 

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजनालाई दोषी ठहर गरेको छ । 

प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले पूर्व मेयर गंगा पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई जनही २१ लाख ६० हजार रुपैयाँ बिगो भराउने फैसला गरेको छ ।

अदालतले सबै दोषीबाट एक करोड आठ लाख रुपैयाँ बिगो भराउने फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत १४ गते उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सो रिटमाथि मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजसालले उनीहरुलाई दोषी ठहर गर्दै बिगो जरिमानासहित को फैसला गरेको हो । 

उनीहरुमाथिको सजाय आउँदो मंसिर १० मा निर्धारण गरिने समय अदालतले तोकेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update