काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समिति कैकालीको प्मुखमा कांग्रेस र एमालेबीच तालमेलको सहमति भएको छ ।
सत्ता गठबन्धन दलले उपनिर्वाचनमा गठपन्धन गरेर उम्मेदवारी दिने निणृय गरेको यो पहिलो हो । आज उपनिर्वाचन हुन लागेका ४४ वटै स्थानमा मनोनयन दताृ हुँदैछ ।
मनोनयनका दिन जिसस प्रमुखमा एमालेले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने सहमति बनेको हो ।
नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्र् भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको हो ।
कांग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक बनेकी छन् ।
टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित सदस्य हुन् । जिसस प्रमुख पदम कलेलको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।