Odapalika - The Fourth Estate - चौथो अंग
१० एजेण्डामा १ बजेदेखि छलफलमा जुट्दै छ कांग्रेस 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।  बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेपछि बस्ने छ ।

कांग्रेसले मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका लागि सोमबार बसेको दलका शीर्ष नेताहरुको बैठकले १० वटा एजेन्डा तय गरेको छ । 

कांग्रेसले सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा शीर्ष नेता तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएर एजेन्डा तय गरेको हो । 

एजेन्डामा समसामयिक, आर्थिक, राजनीतिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरू र पार्टीको आन्तरिक विषयलगायत १० ओटा विषयमा आजको बैठक केन्द्रीत रहने बैठकपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । 

महामन्त्री शर्माले पहिलो एजेन्डाको रूपमा साङ्गठनिक कार्य योजना र कार्य तालिका प्रस्तुत गर्नेदेखि कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाकालाई बैठकमा प्रस्तावित गर्ने लगायतविविध कार्ययोजना रहेको जानकारी गराए । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update