जनकपुरधाम । संस्थागत विद्यालयहरूको छाता संगठनहरुले सोमबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै हिसान, प्याब्सन र एनप्याब्सनले सोमबारदेखि विद्यालय बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
संयुक्त रुपमा विज्ञप्ति जारी गरेर उनीहरुले मंसिर ३ सोमबारबाट संस्थागत विद्यालयहरू बन्द गर्ने घोषणा गरेर आन्दोलनमा उत्रिएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीसँग तोकिएको भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क मात्र लिन पत्राचार गरेको थियो । विद्यालयले मनपरी ढंगबाट विद्यार्थीसँग शुल्क असुल गरेको गुनासोपछि उपमहानगरले सो निर्देशन दिएको हो । तर, यसप्रति आपत्ति जनाउँदै विद्यालय बन्द गर्ने चेतावनी दिइएको हो ।