Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार निधन भएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

वरिष्ठ अधिवक्तसमेत रहेका उनी २०४८ सालमा भएको निर्वाचनमा काठमाडौँबाट निर्वाचन भएका थिए । २०४८ देखि २०५१ सालसम्म उनी प्रतिनिधिसभाको सभामुख भएका थिए ।

२०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेसमा पनि संलग्न थिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update