काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको थियो ।
उक्त अवधिमा शान्तिपूर्ण रुपमा उम्मेदवार मनोनयन दर्ता भएको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले वडापालिकालाई जानकारी दिइन् । ‘आज उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम थियो । बिहान १० बजेबाट सुरु भएको उम्मेदवार दर्ता ५ बजेसम्म चलेको थियो,’ उनले भनिन्, ‘उम्मेदवार दर्ता शान्तिपूर्ण रुपमा, विनाअवरोध सकिएको छ ।’
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएको हो ।
कहाँ कुन पदमा उम्मेदवारी दर्ता ?
ओखलढुङ्गा
जिल्ला समन्वय समिति प्रमुख
कैलाली
जिल्ला समन्वय समिति प्रमुख
काठमाडौँ
कीर्तिपुर नगरपालिका प्रमुख
जाजरकोट
नलगाड नगरपालिका उपप्रमुख
मोरङ
ग्रामथान गाउँपालिका अध्यक्ष
दैलेख
महाबु गाउँपालिका अध्यक्ष
दोलखा
गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष
हुम्ला
सर्केगाड गाउँपालिका उपाध्यक्ष
रुकुमपूर्व
पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष
बाजुरा
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष
वडाध्यक्ष पदका लागि
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३
झापाको कन्काइ नगरपालिका वडा नं ६ मा
तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८
सुनसरीको गढी गाउँपलिका वडा नं ६
ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२
उदयपुरको बेलका नगरपालिका वडा नं ९
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १
सप्तरीको डाक्नेश्वरी नगरपालिका ४
धनुषाको धनुषाधाम नगरपालिका वडा नं १
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २
रौतहटको ईशनाथ नगरपालिका वडा नं ७
रौतहटको राजपुर नगरपालिका वडा नं ६
रौतहटको गढीमाई नगरपालिका वडा नं ८
काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६
कीर्तिपुर नगरपालिका वडा नं १
कीर्तिपुर नगरपालिका वडा नं. ४
नुवाकोटको ककनी गाउँपालिका वडा नं २
मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२
गोरखाको गोरखा नगरपालिका वडा नं ५
गुल्मीको मुसिकोट नगरपालिका वडा नं १
कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४
रुकुम (पूर्वी)को पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४
रुकुप पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५
दैलेखकै दुल्लु नगरपालिका वडा नं १३
जाजरकोटकै कुशे गाउँपालिका वडा नं. ७
कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५
बझाङको सुर्मा गाउँपालिका वडा नं ४
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६
दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५
कञ्चनपुरको भीमदत्र् नगरपालिका वडा नं ६