Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगी प्रकरणमा रवि र छविविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी 
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान एंव गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी भएको छ । 

काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उक्त प्रकरणमा अनुसन्धान गर्न रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको रकम अपचलनसम्बन्धमा कास्की प्रहरीको न्यायिक हिरासतमा रहेका रवि र छविविरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी जारी भएको हो । 

साथै रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएपछि त्यहाँको प्रहरीले न्यायिक हिरासतमा राखेर रवि र छविसँग बयान लिएर पुनः कास्की पठाएको थियो । 

अब सहकारी गठीसम्बन्धमा काठमाडौँमा पनि रवि, छविलगायतमाथि अनुसन्धान हुने भएको छ । पक्राउ पुर्जी जारी भएसँगै रविलाई काठमाडौँ ल्याएर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । 

गएको कात्तिक २ गते रवि पक्राउ परेका थिए । हाल रवि र छवि कास्की प्रहरीको न्यायिक हिरासतमा छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update