Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाका ‘एक्ला बृहस्पति’ खबास र बुढा !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा भाग लिने भन्दै लामो समयदेखि तयारी गरेपनि २ वटा भन्दा बढी पालिका प्रमुखमा उम्मेदवारी दिन सकेन । 

रास्वपाले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष  र मोरङको ग्रामथान गाउँपालिकाबाहेक अन्य कुनै पनि पालिकाको प्रमुख र अध्यक्षमा उम्मेदवारी दिएन । 

रास्वपाले महाबुमा प्रकाश कुमार बुढालाई उम्मेदवारको रुपमा अघि सार्दा कीर्तिपुर नगरपालिका, काठमाडौँRSP-Candidate-1731905055.jpeg
महानगरपालिकाको वडा नम्बर १६, डाक्नेश्वरी नगरपालिका प्मुखलगायतमा उम्मेदवारी नै दिएन् । 

रास्वपाले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ र १ का अध्यक्ष, रौतहटको इशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६ तथा गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदमा पनि रास्वपा उम्मेदवारी दिएन । 

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ५ नम्बर वडाअध्यक्ष, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष र दार्चुलाको दुहुँ गाउँपालिका ५ को वडाध्यक्ष पदमा पनि रास्वपाले उम्मेदवारी दिएको छैन । 

यी हुन् रास्वपाले उम्मेदवारी दिएका स्थान र व्यक्ति

 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update