Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस 

काठमाडौं । कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । 

सोमबार समय अभावका कारण ‘हेर्दा हेर्दै’मा राखिएपछि आजबाट सुनुवाइ हुने भएको हो ।

गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पूर्ण इजलासमा सुनुवाइ हुने भनिए पनि सोमबार हुन नसके पछि मंगलबारबाट हुन लागेको हो । 

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update