Odapalika - The Fourth Estate - चौथो अंग
‘कलेज अफ ल’द्वारा विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले बीए. एलएलबीका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । 

कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि विज्ञान तथा प्रविधि संकायका डीन प्रा. डा. पवन कुमार झाले कानुनमा राम्रो भविष्य भएको भन्दै राम्रो अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउन आग्रह गरे । 

कार्यपालिका र व्यवस्थापिकाले बाटो बिराए त्यसलाई सही मार्गमा ल्याउने काम न्याय क्षेत्रले गर्ने गरेको दृष्टान्त दिँदै प्रा. डा. झाले कानुनको क्षेत्र र भविष्यका विषयमा प्रष्ट्याए । 

कानुनका विद्यार्थीहरूको पहिलो रोजाइ पूर्वाञ्चल विश्वविद्यालयको भएको बताउँदै कलेज अफ लका डाइरेक्टर महेशप्रसाद निरौलाले कलेज अफ लमा वीरगञ्जदेखिका विद्यार्थी अध्ययनका लागि आएको बताए । कानुन व्यवसायी सोसल इन्जिनियर भएको बताउँदै डाइरेक्टर निरौलाले समाज परीवर्तमा कानुनका विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

एलएलएम कार्यक्रमका संयोजक दीपक खतिवडाले बीए एलएलबीको पाठ्यक्रम, त्यसले समेटेको विषय र क्षेत्रका विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराउनु भएको थियो । बीए एलएलबी कार्यक्रमकी संयोजक नीता प्याकुरेल, उपप्राध्यापक दिपेश बाँस्तोला, प्रशासन प्रमुल राजकुमार बास्तोला लगायतले विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीलाई अभिमुखीकरण गरेका थिए । 

डीन कार्यालयले छनौट गरी पठाएका १२ जना विद्यार्थी पूर्ण छात्रवृत्तिका विद्यार्थी भर्ना भएका १०८ जना गरी बीए एलएलबीमा १२० जना विद्यार्थी भर्ना भएका छन् । कलेज अफ लले यो वर्षदेखि कानुनमा स्नातकोत्तर तहको एलएलएम तहका अध्यापन सुरू गर्ने भएको छ । एलएलएम भर्नाका लागि फर्म भर्ने कार्य सुरू भएको डाइरेक्टर निरौलाले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update