Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : यीमध्ये क–कसले हाँक्लान् स्थानीय सरकार ? 

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन यही मंसिर १६ गते हुँदै छ । यसका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । सोमबार दाबी विरोधको कार्यक्रम छ । 

गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक गरी आठ पदका लागि ८४ उम्मेदवारले आइतबार मनोनयन दर्ता गरेका छन् । ८४ उम्मेदवारमध्ये महिला ३५, पुरुष ४८ र अन्य १ छन् । 

यसैगरी ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र अन्य एक गरी ३२३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

दुई जिल्ला विकास समन्वय समिति प्रमुखबाहेक स्थानीय तहमा रिक्त ४२ पदका लागि ४०७ जनाको उम्मेदवारी परेको छ । यही मंसिर १६ गते हुने निर्वाचनले स्थानीय तह हाँक्ने जिम्मेवारी ४२ जनाले पाउनेछन् । 

यी हुन् उम्मेदवार 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update