काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन कार्यतालिकाअनुसार सोमबार उम्मेदवारविरुद्ध उजुरी दिने समय थियो । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार (मंसिर २) उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो ।
यसको भोलिपल्ट सोमबार (आज) बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।
कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी
स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिको प्रमुख र दुई वडाध्यक्ष पदका लागि उम्मेदवार दिएकाविरुद्ध उजुरी नपरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सोमबार तोकिएको समयभित्र कीर्तिपुरका उम्मेदवारविरुद्ध उजुरी नपरेको हो ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा राजनीतिक दलबाट ९ र स्वतन्त्र व्यक्तिबाट ११ जना र वडा नम्बर १ र २ को वडाध्यक्ष पदका लागि २२ जनाले उम्मेदवारी दिएका थिए । तर, उनीविरुद्ध कुनै पनि उजुरी नपरेको हो ।