Odapalika - The Fourth Estate - चौथो अंग
बनेपा नगरपालिकाभित्रका ६९ विद्यालयका २३ हजार विद्यार्थीको आँखा परीक्षण 

काभ्रे । टेलिभिजन र मोवाईलको अत्याधिक प्रयोगसँगै विद्यार्थीको आँखामा असर देखिन थालेपछि बनेपा नगरपालिकाका ६९ विद्यालयका २३ हजार ३८२ विद्यार्थीको आँखा जचाउने कार्य सुरु भएको छ । 

बनेपा नगरपालिकाले नगरप्रमुख स्वास्थ्य कार्यक्रम अन्तरगत एकै पटक सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको आँखा जचाउन थालेको हो । सोमबार बनेपा नगरपालिका वडा नं ६ बुडोलमा रहेको भक्तेश्वर आधारभूत विद्यालयका विद्यार्थीको आँखा जचाएर सो कार्यको सुरुवात गरिएको हो । 

banepa-eye-clinic (1)1693884149.jpg

नगर प्रमुख शान्तिरत्न शाक्यले रेयुकाई आँँखा अस्पतालसँगको सहकार्यमा आँखा जाँच कार्यको सुरुवात गरेको जानकारी दिए  । उनले सामुदायिक र संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको आँखामा समस्या देखिन थालेकाले यो कार्यको सुरुवात गरेको हो । 

उपप्रमुख बिमला सापकोटाले बनेपा नगरपालिकाका सबै नानीहरुको आँखा स्वस्थ्य हास् भनेर अभियान सुुरु गरेको जानकारी दिइन् । रेयुकाई आँखा अस्पतालका अध्यक्ष मधु आचार्यले आँखाको उपचारमा बालबालिकाको पँहुच पु¥याउन समयमै उपचार गराउन आफूहरु प्रत्यनशील रहेको बताए ।

banepa-eye-clinic (2)1693884151.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update