काठमाडौँ । टोखा नगरपालिकाले ‘एक्सिलेन्स अवार्ड’ पाएको छ । चाइना इन्टरनेसनल फ्रेण्डसिप सिटी कन्फ्रेन्स २०२४ मा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।
चीनको कुन्मिङ सहरमा नोभेम्बर १७ मा सुरु भएको चारदिने सम्मेलनमा नगर प्रमुख अधिकारीलाई सो अवार्ड दिइएको हो ।
१३० देशका नगरपालिकाका प्रतिनिधि सहभागी सम्मेलनमा टोखा नगरपालिकालाई कोभिड–१९ को महामारी नियन्त्रणमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरूप एक्सिलेन्स (उत्कृष्टता) अर्वाड प्रदान गरेको हो ।
चीनले विश्वका विभिन्न देशका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध गाँसेर उत्कृष्ट कार्य गर्ने नगरपालिकाको सम्मेलन गरेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १४:१५
प्रतिक्रिया दिनुहोस्