Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकको प्रतिवेदन– खाद्यवस्तुको मूल्यवृद्धि उच्च 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले खाद्यवस्तुको मूल्यवृद्धि उच्च रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकलेसार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा खाद्यवस्तुको मूल्यवृद्धि उच्च रहेको जनाएको हो । 

गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि उच्च भएको उल्लेख गरिएको प्रतिवेदनमा भनिएको छ, ‘२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत रहेको छ ।”

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घ्यू तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update