काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कल सेन्टर स्थापना गरेको छ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका सम्बन्धमा निर्वाचनसम्बन्धी जानकारी दिन मंगलबार कल सेन्टर स्थापना गरिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
उनका अनुसार उपनिर्वाचन प्रयोजनका लागि मतदाताहरुका प्रश्न गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलब्ध गराउने उद्देश्यले मंगलबारदेखि बिहान ७ बजेदिख साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निशुल्क (टोल फ्री नं ११०२ रहेको कल सेन्टरको स्थापना गरेको उनको भनाइ छ ।