Odapalika - The Fourth Estate - चौथो अंग
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाका लागि छुट्याएको बजेट ४ किस्तामा उपलव्ध गराउने भएको छ । महानगरपालिकाले चालु र पुंजीगत खर्चका लागि बिनियोजन गरेको रकम  खर्च गर्न बनाएको मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । 

मार्गदर्शन अनुसार हरेक वडा कार्यालयले अब अघिल्लो पटक निकासा भएको रकमअनुसारका कार्यक्रममको विस्तृत प्रगति विवरण उपलव्ध नगराएसम्म अर्को किस्ता उपलव्ध गराइने छैन । 

बजेट खर्च मनपरी हुन थालेको भन्दै महानगरले मार्गदर्शन जारी गरेर बजेट खर्चलाई व्यवस्थित बनाउने खोजेको महानगरपालिकाले जनाएको छ । 

महानगरभित्रका हरेक वडाका अध्यक्ष र जनप्रतिनिधिले अब महिनामा ४ वटा बैठकको मात्र भत्ता सुविधा पाउनेछन् । तर बैठक भने आवश्यकताअनुसार बस्न सक्ने महानगरले जारी गरेको मार्गदर्शनमा उल्लेख छ । 

प्रदेश सरकारले बनाइदिएको कानुनभित्र रहेर लिन पाइने यस्तो सुविधा अब ४ पटकभन्दा वढी लिन नपाइने व्यवस्था गरिएको महानगरको भनाइ छ । 

वडा कार्यालयहरुले महानगरले निकासा गरेको रकम बाहेक थप आथिृक दायित्व सिर्जन ागर्नेगरी निणृय गर्नसमेत नपाउने भएका छन् । 

महानगरले दिएको रकमबाहेकका क्षेत्रमा थप आर्थिक दायित्व बहन गर्नुपर्ने अवस्था आएमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था मार्गदशर्नमा गरिएको छ । 

महानगरले वडा कार्यालयले गर्ने मसलन्द, पत्रपत्रिका, विज्ञापनलगायतका खर्चमा समेत कडाइ गरेको छ । महानगरले ३० बुँदे मार्गदर्शनमार्फत वडा कार्यालयलाई यस्ता सर्त र बन्देज लगाएको हो । 

यस्तो छ मार्गदर्शन

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update