Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपकाे आग्रह

काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले आसन्न स्थानीय तह उपनिर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । 

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा बालबालिका प्रयोग हुन सक्नेतर्फ सचेत गराएको जिसपले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।

बुधबार जिसपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण राजनीतिक दलमा निर्वाचन आचारसंहिता २०७८ को पालना गर्न र बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेतको विरुद्ध हुने गरी कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गर्दछौँ ।’

यही मंसिर १६ गते स्थानीय तहमा रिक्त ४४ पदपूपर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update