Odapalika - The Fourth Estate - चौथो अंग
युवासँग जोडिदै बनेपा नगरपालिका 

काभ्रे ।  बनेपा नगरपालिकाका युवा र जनप्रतिनिधीबीच सहभागिता र उद्यमशिलताको बढाउने प्रयास सुरु भएको छ । 

युथ फर डेमोक्रेसी परियोजना मार्फत बनेपा नगरपालिकामा काम गरिरहेको एकाउन्टबिलिटी ल्याब नेपालले अन्तकृयालागयतका कार्यक्रममार्फत यसको सुरुवात गरेको हो । 

युवाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ काभ्रेका पदाधिकारी, युवा उद्यमी मञ्च, युवा दलित नेतृत्वसँगै खेलकुदमा सकृय युवा र क्याम्पसमा अध्ययरत युवा र जनप्रतिनिधिबीच अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ ।

एकाउन्टबिलिटी ल्याब नेपाल काठमाडौं र बनेपा नगरपालिकाको आयोजनामा भएको अन्तरकृयामा उठेका सवालको जवाफ नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटाले दिए ।

बनेपाका १४ वटा नै बडामा केन्द्रीकृत रहेर ल्याबले कार्यक्रम गरिरहेको बारेमा केशवराज पौडेलले कार्यक्रममा जानकारी गराए । ल्याबले बनेपामा युवाले लोकतन्त्रलाई कसरी बुझेका छन्, स्थानीय तहको कार्यको बारेमा कसरी बुझेका छन् भन्ने बारेमा छलफल भएको थियो ।

छलफलमा युवाहरुले युवाले व्यवसाय गर्ने क्रममा निक्कै झन्झटको सामना गर्नु परेको, त्यसलाई सहजीकरण गर्नुपर्ने, युवाको मागको आधारमा अनुदान कार्यक्रम दिनु पर्ने लगायतका गुनासो गरे । 

त्यस्तै खेलकुदको आधारभूत तहबाट विकासको लक्ष्य लिन, लागु औेषधको समस्या र स्थानीय तहले दिने तालिमको बारेमा जानकारी नपाएको गुनासो पनि गरे । 

कार्यक्रममा बनेपा नगरपालिकाका सबै बडामा पुगेर स्वयसेवक मार्फत संकलन भएको गुनासोको सम्बोधन गर्र्दै मेयर शाक्यले युवालाई सदैव प्राथमिकतामा राखेर बनेपा नगरपालिकाले काम गरिरहेको बताए ।

उपमेयर सापकोटाले युवालाई दिने तालिमको सही सूचना तत्लो तहसम्म पु¥याउन आवश्यक रहेको बताउँदै सबैको सहयोगबाट मात्र युवामैत्री स्थानीय तह बनाउन सकिने धारणा राखिन् । 

कार्यक्रममा वडा नं ७ का अध्यक्ष हिटलर शाक्य, ९ का अध्यक्ष नृपेश वादे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, उपाध्यक्ष विनोद न्यौपानेलगायतको सहभागिता थियो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update