Odapalika - The Fourth Estate - चौथो अंग
२० हजार घुस लिएका तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । सेवाग्राहीसँग घुसवापत २० हजार रुपैयाँ लिएको अवस्थाामा पक्राउ परेका उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  

जग्गाको हाल साविकपछि कित्ताकाट गरी सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले अमिन चौलागाईंविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनका अनुसार चौलागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को कसुरमा बिगो २० हजार रुपैयाँ कायम गरी बिगो बमोजिम जरिमााना सजायको माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update