Odapalika - The Fourth Estate - चौथो अंग
पाथीभरा क्षेत्रमा हिमपात 
फाइल तस्बिर

ताप्लेजुङ । केही दिनयता बढेको चिसोसँगै पाथीभरा धाम क्षेत्रमा हिमपात भएको छ । बिहीबार बिहानैदेखि पाथीभरा धाम क्षेत्रमा सामान्य हिमपात भएको हो । 

हिमपात भएसँगै यस क्षेत्रमा चिसो बढेको छ । तर, पर्यटकलाई भने हिमपातले आकर्षित गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

धार्मिक तथा पर्यटकीय हिसावले महत्त्वपूर्ण मानिएको पाथीभरामा हिमपातका समयमा आन्तरिक पर्यटकको आवागमन बढ्ने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update