Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)ले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी परेका स्थानमा मात्र सरकारको विरोध गर्न निर्देशन दिएको छ । 

रास्वपा बैठकपछि उसले स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्थानमा सरकारको विरोधमा कोणसभा गर्न कार्यकर्तालाई सर्कुलर गरेको छ ।

उपनिर्वाचन हुने ४४ स्थान मध्ये  २७ स्थानमा मात्र रास्वपाका उम्मेदवार छन् । उसले उम्मेदवारी दिएका क्षेत्रमा भने कोणसभा र घरदैलो गरेर सकारकाको सक्दो बिरोध र भण्डाफोर गर्न भनेको हो । 

चुनावमा प्रतिस्पर्धा नगरेका स्थानमा भने सरकारविरुद्ध कुनै प्रर्दशन या अभिव्यक्ति दिन जरुरी नदेखिएको रास्वपाको निष्कर्ष छ । रास्वपाले आफ्ना पकड भएको र उम्मेदवार बलियो पाएका स्थानमा मात्र उम्मेदवार िदिने नीति अनुसार थोरै ठाउँमा उम्मेदवारी दिएर शसक्त प्रचार गर्ने रणनीति अपनाएको हो । 

रास्वपा केन्द्रीय समितिले आगामी ८ र ९ मंसिरमा उपनिवाृचन हुने स्थानमा कोणसभ ागर्ने निर्णय गरेको छ । ती स्थानमा सरकारविरुद्ध शसक्त रुपमा उत्रन भनिएको छ । 

बैठकपछि रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सर्कुलर गर्दै सरकारका गलत काम, भ्रष्टाचार, बेथिति र प्रतिशोध विरुद्ध आन्दोलन स्वरूप कोण सभा गर्न निर्देशन दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update