Odapalika - The Fourth Estate - चौथो अंग
बागमती कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले किन दिए राजीनामा ?

काठमाडौं । कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन् । 

मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिएका हुन् । 

उनले लेखेका छन्–नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु ।

उनले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update