काठमाडौँ । मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।
दिउँसो १२ बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ ।
उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी मोर्चाका दलहरूले समर्थन गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलो दल बनेको छ ।
माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरको रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनोनयन भइसकेको छ ।