काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि कमलादीस्थित काठमाडौं प्लाजामा पार्किङ खुला गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले शुक्रबारदेखि नै निःशुल्क पार्किङ खुला परेको जनाएको हो ।
सार्वजनिक सूचनाअनुसार साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुनेछ ।
‘काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्र अन्तर्गत कमलादी, कमलपोखरी, पुतली सडक र दरबार मार्ग आसपासको सवारी साधन पार्किङमा सहजता ल्याउन मिति २०८१०८।०७ गतेदेखि कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय रहेको काठमाडौँ प्लाजाको कार्यालय परिसरभित्र निःशुल्क रूपमा सवारी साधन पार्किङ सेवा उपलब्ध गराइनेछ,’ सूचनमा भनिएको छ, ‘यो सेवा बेलुका ०५ः३० बजेदेखि राति ११ः०० बजेसम्म उपलब्ध हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’