
काठमाडौं । नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो ।
नेकपा एमालेको २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो । मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ ।
लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ । ४ दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० ०९:५४
प्रतिक्रिया दिनुहोस्