Odapalika - The Fourth Estate - चौथो अंग
दरवारमार्गबाट प्रधानमन्त्री केपी ओलीका २२ सन्देश 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आज जागरणसभाका नाममा समकालीन राजनीतिक दल, विरोधी र देशबासीका नाममा केही गम्भीर सन्देश दिन खोजेका छन् । 

सत्ताको नेतृत्वकर्ता दलका हैसियतमा काठमाडौँका ३ जिल्ल्ला कमिटीको संयुक्त रुपमा सभा आयोजना गरेको एमालेले आफुविरुद्धको भ्रम चिर्न सभा गरेको देखिएको छ । 

जागरण सभा भनिए पनि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफू र पार्टीविरुद्ध लागेका आरोप र भ्रमलाई चिर्ने कोशिस गरेका छन् । 

ओलीले सरकार प्रमुख र पार्टी प्रमुखका हैसियतले सभामार्फत निम्न सन्देश दिएका छन् । 

१. मेरो नेतृत्वको सरकार २०८३ असारसम्म हो, त्यसपछि शेरबहादुर प्रधानमन्त्री हुन्छन् । 

२. कुनै पनि खालको भ्रष्टाचार सहन्न । भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ ।

३. दुर्गा प्रसाईँहरुले चलाएको हल्ला निराधार हो, सत्यको निजक पनि छैन, विश्वास नगर्नू ।

४.विश्व शान्तिको पक्षमा छौँ, शान्तिको पक्षमा छौँ 

५. कुनै पनि देशप्रति अहस्तक्षेपको नीतिमा अडिग छौँ । 

६. उद्योगधन्धा चलाउने नीति एमालेसँग मात्र छ  ।

७. उद्योगधन्धा ढुक्कले गर्नू सरकार र एमालेले सुरक्षा दिन्छ ।

८. नयाँ व्यवसाय सुर गर अरुलाई रोजगार देउ 

९. पर्यटन व्यवसया तत्काल धरापमा परेको हो, अब चलायमान हुन्छ ।

१०. अन्तर्राष्ट्रिय लगानीकर्ता आउनुस्, लगानी सुरक्षित छ । 

११. नेपालमा मजदुरको समस्या छैन र नेपालमा मजदुरको हड्ताल पनि छैन ।

१२. आज हामीसँग विद्युत प्रसस्त छ बिजुलीको समस्या पनि छैन । 

१३. नेपालमा विकाश भइरहेको छ । पूर्वाधारको विकास मज्जाले भएको छ । सुरुङ बन्यो, टनेल बन्यो, ७ठ जिल्लामा इन्टरनेट पुग्यो । जिल्ला जिल्लामा बाटो छ । मध्यमस्तर र उच्चस्तरका हवाइ मैदान छन् । 

१४. केही समय सरकार असहज अवस्थामा छ तर विदेश पलायन हुन नदिने गरी काम गर्दैछौँ । 

१५. अर्को वर्ष ४८ प्रतिशत भन्दा धेरैले एसइई पास गर्छन् ।

१६. निरशा नहुनु, आशाबादी बन्नु । सरकार आशा जगाउनेगरी काममा लागेको छ । 

१७. सरकार लोकप्रियताबादको पछि लाग्दैन । नक्कली चिर्कटा देखाएर कसैको मानहानी नगरौँ । 

१८. नेपाल गुफाको जमानाबाट एआइको जमानामा पुग्यो र यो यात्रा सफल रुपमा भयो । 

१९ नेपाललाई गरिव हुन नदिने गरी योजना बनाएर काम गछौं । 

२०. आसपी विश्वास जगाएर काम गरौँ । 

२१. अब नेपाली भनेकै नेकपा एमाले हुनुपर्छ । 

२२. एकता, आत्मीयता र मेलमिलापका साथ हामी अघि बढौँ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update