Odapalika - The Fourth Estate - चौथो अंग
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले सत्तारुढ दल एमालेलाई १ लाख रुपैयाँ जरिमाना तोकेको छ । 

शुक्रवार दरमारमार्गमा आयोजना गरेको सभामा सडक फोहोर गरेको भन्दै महानगरले एमालेलाई १ लाख रुपैया जरिमाना तय गर्दै पत्राचार गरेको छ । 

एमालेका नेताहरुले भने पत्र पार्टी कार्यालयमा आइनसकेकोले पत्र आएपछि मात्र निर्णय हुने बताएको छ । 

कतिपय एमाले कार्यकर्ताहरुले भने बालेनले प्रतिशोधस्वरुप जरिमाना गरेको बताएका छन् । तर पार्टीले संस्थागत रुपमा भने अहिलेसम्म कुनै प्रतिकृया जनाएको छैन । 

यसअघि महानगरले राप्रपालाईसमेत जरिमाना तिराएको थियो । 

राप्रपाले गरेको काक्र्रक्रममा पनि फोहोर गरिएको भन्दै जरिमाना तोकेर पत्र पठाएको थियो । राप्रपाले जरिमाना तोकेको केही समयपछि महानगरमा दाखिला गरेको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update