Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गरेको हो । 

सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद  गत शुक्रबार सकिएपछि आइतबार पुनः म्याद थप्न उनलाई अदालतमा उपस्थित गराइएको हो । 

म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update