मुगु । मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १३७ घर परिवारका स्थानीय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन् ।
खानेपानीको समस्यालाई समाधान गर्दै सोरु गाउँपालिकाको सहजीकरण ,ब्याक टु लाईफ ई.भी. र्जमनिको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्र मुगुको प्राबिधिक सहयोग तथा साझोदारीमा सन्चालन स्वास्थ्य शिक्षा तथा समुदायमा प्रवर्धन परियोजनामा मार्फत स्थानिय नागरिकहरुले एक घर एक धारा खानेपानी पाएका हुन् ।
ख्याल्च, सिरुपाट, गोयलपानी गाँउमा बस्दै आएका १३७ घर परिवार हालसम्म खोलाको पानीमा निर्भर थिए ।
हिउँदमा धुलो बर्खामा हिलो संगही गाँउदेखि आधा घण्टा टाढाको खोला,नाउला,पहराको पानी प्रयोग गर्दै आएका स्थानीयलाई अब सजिलो भएको छिता बुढाले बताइन् ।
गाँउपालिका मुगुको वडा नम्बर ७ मा रहेको ख्याल्च खानेपानी आयोजनाको कुल लागत ३६ लाख ४५ हजार ७५ रुपैयाँ , सिरुपाटा खानेपानी आयोजनाको कुल लागत ३२ लाख ८७ हजार ९ सय ३५ रुपैयाँ, गोयलपानी खानेपानी आयोजनाको कुल लागत ३८ लाख ८६ हजार ९ सय ३५ रुपैयाँ गरी जम्मा १ करोड ८ लाख १९ हजार ९ सय ४५रुपैयाँको लगानीमा ख्याल्चागाँउका ७५ घर, सिरुपाटा २२ घर र गयालपानीका ३५ घर गरी जम्मा १३५ घरमा सुरक्षित खानेपानीको धारा निमार्ण गरी हस्तान्तरण गरिएको हो ।