Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो 

काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट माग दाबी नपुगेको भन्दै सर्वोेच्च अदालतले खारेज गरिदिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही साउन ३ गते काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । 

उक्त निर्णयका विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको रिटको सुनवाई गर्दै सर्वोेच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।

सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई भाद्र २७ गते पठाउने निर्णय गरेको थियो । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव उर्मिला काफ्लेले सो निर्णयको विरुद्धमा पनि सर्वाेच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन । 

सो रिटको सुनवाई गदै रिटमा माग दाबी नपुगेको भन्दै सर्वोेच्च अदालतले खारेज गरिदिएको हो । दुबै रिट फुयाल र ढकालको संयुक्त इजलासले खारेज गरेको हो ।

सर्वोच्चले रिट खारेज गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बाटो खुलेको छ भने उर्मिला काफ्लेले जितपुरसिमरा छोड्नुपर्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले बिरेन्द्रदेव भारतीलाई सहसचिबको दरबन्दीमा पठाउने निर्णय गरेकोले पुनः भारतीलाई पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update