काठमाडौँ । चालु साताको दोस्रो दिन सोमबारबाट सुनको भाउ सस्तो हुन थालेको छ । सोमबार तोलामा १५ हजार ९०० रुपैयाँले घटेको छापावाल सुनकाे भाउ मंगलबार २ हजार ६०० रुपैयाँले घटेको छ ।
सोमबारको तुलनामा मंगलबार २६ सयले घटेर प्रतितोला छापावाल सुन १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ ११:२४
प्रतिक्रिया दिनुहोस्