Odapalika - The Fourth Estate - चौथो अंग
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित हुने अवस्था आउन नदिन आग्रह गरेका छन् । 

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्न पुगेका प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टलाई प्रदेश प्रमुख मियाँले प्रदेशमा हुने स्थानीय तहको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । 

यही मंसिर १६ गते सुदूरपश्चिम प्रदेशका ६ स्थानमा उपनिर्वाचन हुन लागेको छ । प्रदेश प्रमुख कार्यालय पुगेका निर्वाचन अधिकारी भट्टसँग प्रदेश प्रमुख मियाँले मतदाताहरू निर्धक्क भएर मतदानमा सहभागी हुने वातावरण बनाउन आग्रह गरे ।  

जवाफमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन आयोग सक्षम रहेको निर्वाचन अधिकारी भट्टले बताए । 

यही मंसिर १६ गते ३२ जिल्लाका ३८ स्थानीय तहमा उपनिर्वाचन हुँदै छ । जसअनुसार सुदूरपश्चिम प्रदेशका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष, डोटीको पूर्वीचौकी–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुँदै छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update