Odapalika - The Fourth Estate - चौथो अंग
सर्वाेच्च अदालतले भन्यो– संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्नू

काठमाडौँ । सर्वाेच्च अदालतले व्यवसायिक संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश दिएको छ । रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त संयुक्त इजलासले व्यवसायिक संघ संगठनमा आवद्ध नभएकालाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो । 

सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेकालाई व्यवसायिक संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्न सर्वाेच्चले आदेश दिएको हो । 

‘राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक नलगाउनु’ अन्तरिम आदेशमा भनिएको छ ।

सर्वाेच्च अदालतको सो आदेशसँगै अब व्यवसायिक संगठनमा आवद्ध नभएका व्यवसायीले सुन खरिद गर्न बाटो खुलेको छ । जसले व्यवसायिक संगठनको सुनमाथिको सिन्डिकेट पनि तोडिएको छ । 

वाणिज्य बैंकहरुले सुन आयात गर्ने गरेका छन् । ती बैंकले सुन व्यवसायीका तीन संगठनलाई बिक्री गर्ने गरेको छ । ती संगठनले आफ्न सदस्य व्यवसायीलाई मात्र सुन दिँदै आएका थिए ।  

अब व्यवसायीले संघ÷संगठनमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण संघमा आबद्ध व्यवसायीले मात्रै सुन खरिद गर्न सक्ने अवस्थाको अन्त्य भएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update