Odapalika - The Fourth Estate - चौथो अंग
सिटीनेट नेपाल च्याप्टर अध्यक्षमा विराटनगरका मेयर निर्वाचित 

काठमाडौँ । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टर नेपालको अध्यक्षमा  विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला चयन भएका छन् । 

विराटनगरमा सम्पन्न सिटीनेट राष्ट्रिय च्याप्टरको बिहीबार सम्पन्न वार्षिक साधारणसभा एव अधिवेशनले कोइरालालको नेतृत्व १३ सदस्यीय समिति चयन गरेको हो । 

उपाध्यक्षमा बुटवल उपमहानगरपालिका खेलराज पाण्डेय, महासचिवमा तानसेन नगरपालिका सन्तोषलाल श्रेष्ठ, कोषाध्यक्षमा भीमदत्त नगरपालिकाका पदम बोगटी छन्  ।  सदस्यहरुमा पोखरा महानगरपालिका, भरतपुरमहानगरपालिका बीरगञ्ज महानगरपालिका, विरेन्द्रनगर नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका छन्  । 

यसैगरी  इन्सेक नेपाल, विरगंज महानगरपालिका, विरेन्द्रनगर महानगरपालिका, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि समाज नेपाल, हेटौंडा उपमहानगरपालिका मानार्थ सदस्य भएका छन् । कार्यसमितिको कार्यअवधि ४ वर्षको रहनेछ । 

अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले स्थानीय विपद जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि हेटौंडा उपमहानगरले जग्गा प्रदान गर्न बताइन् । अधिवेशनले सदस्य पालिकाहरुको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापन र कार्यान्वयनका लागि सहकार्य गर्ने निर्णण गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update