काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनर्वाचनको मौनअवधि बिहीबार मध्यरातिदेखि सुरु हुने भएको छ । विगतमा मौनअवधि भनिए पनि अहिले निर्वाचन आयोगले यस समयलाई प्रचारप्रसार निषेध अवधि भनेको छ ।
चुनावको प्रचार प्रसार गर्न रोक लगाइएको अवधिलाई निषेध वा मौनअवधि भन्ने गरिएको छ ।
यही मंसिर १६ गते आइतबार स्थानीय तह उपनिर्वाचन हुँदै छ । ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ ११:२०
प्रतिक्रिया दिनुहोस्