Odapalika - The Fourth Estate - चौथो अंग
आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए

कपिलवस्तु । कपिलवस्तुमा निर्वाचन आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसद सवार गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । 

शुद्धोदन गाउँपालिकाको वडा नम्बर १ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ । उक्त उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै स्थानीयले लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडीलाई नियन्त्रणमा लिएका हुन् । 

बिहीबार पतरियामा वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेलसहितका नेता सवार सो गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update