Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका स्थानीय तहसँग मागियो बालश्रममुक्त घोषणा कार्यक्रम गर्न अनुदानको प्रस्ताव 

काठमाडौँ । केन्द्रीय सरकारले स्थानीय सरकारसँग बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि प्रस्ताव मागेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमार्फत स्थानीय तहसँग उक्त प्रस्ताव मागेको हो ।

श्रम मन्त्रालयको पत्राचारअनुसार सामान्य मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः प्रस्ताव मागियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update