Odapalika - The Fourth Estate - चौथो अंग
संसदीय समितिमा किन जाँदैनन् प्रधानमन्त्री ? 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न विदेश भ्रमणबारे जानकारी दिन संसदीय समितिमा उपस्थित नभएकोप्रति सदस्य प्रेम सुवालले असन्तुष्टि पोखेका छन् ।

प्रतिनिधि सभाअन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुन हुने विदेश भ्रमण सम्बन्धमा भएको बैठकमा परराष्ट्रमन्त्री र सचिवमात्रै उपस्थित भएकोप्रति उनले आपत्ति जनाए । 

परराष्ट्रमन्त्री, र सचिवले प्रधानमन्त्रीको विषयमा जवाफ दिने भए सो पद केका लागि हो भन्दै उनले प्रश्न गरेका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीको जिम्मेवारी परराष्ट्रमन्त्री, सचिवले लिने भए प्रधानमन्त्रीको बन्दोवस्त नै हुने थिएन् । प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई नियुक्त गर्ने हो, त्यसकारण प्रधानमन्त्रीलाई फेरि बोलाउनु पर्छ ।’

उनले नेपालको नक्साबारे तत्कालीन सरकार जवाफदेही हुनुपर्ने भन्दै  भूमि व्यवस्था मन्त्रालयले परराष्ट्रलाई पत्र लेख्ने, यसपछि परराष्ट्रले अन्तर्राष्ट्रियस्तरमा पत्राचार गर्नुपर्ने र त्यसको नेतृत्व प्रधानमन्त्रीले गनुपर्ने मा त्यसो नभएको भन्दै असन्तुष्टि जनाए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update