काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालको मौसम प्रणालीमा पश्चिमी वायु र बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव परेको भनेको छ ।
यो प्रभावले नेपालमा खास असर नगरे पनि तराईका केही स्थानमा हुस्सु लाग्ने पहाडी भागमा छिटपुट पानी पर्ने र हिमाली क्षेत्रमा हिउँ पर्ने प्रक्रिया भने जारी नै रहनेछ ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।