काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्दै आएको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्ने गरेको हो ।
गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख भगवती गिरीका अनुसार हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, अभियान, अन्तरक्रिया, सडक नाटक र गाउँबस्ती बस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्नेलगायत काम निरन्तर भइरहेका छन् ।
बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरूआत गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले बताइन् ।
उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवद्र्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश र्पुयाएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पालिका अध्यक्ष पूर्णसिंह बोहोरा बताउँिछन् ।
वाल विवाह गराइदिनेलाई कानुनको कठघरामा उभ्याने र उमेर पुगेर विवाह गर्नेलाई सम्मान गर्ने योजनाले वाल विवाह रोक्न सहयोग पुगेको उनको भनाइ छ ।
यो वर्षको पहलिो बधाई पत्र पातारासी गाउँपालिका–७ रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का)ले पाएका छन् ।
यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।