Odapalika - The Fourth Estate - चौथो अंग
ग्रामथानमा मत गन्न बनाइयो तारजाली, साँझबाटै गणना

काठमाडौँँ । मोरङको ग्रामथान गाउँपालिकामा आजै साँझबाट मतगणना गर्नेगरी तयारी गरिएको छ । 

वेलुकी ५ वजेसम्ममा मतदान सकिएपछि लगत्तै वडावडाबाट मतपेटिका संकलन गरेर पालिका केन्द्रमा ल्याएर मत गन्ने आयोग र स्थानीय राजनीतिक दलहरुको तयारी छ । 

मत गणनाका लागि तारजालीले बारेर स्थल तय गरिएको छ भने सुरुमा २ स्थानमा मतगणना गर्ने तयारी छ । सबै वडाबाट मतदान सकिएको २ घन्टाभित्रमा मतपेटिका संकलन भइसक्ने भन्दै कुनै विवाद नभए आज साँझबाट मतगणना थालिने निर्वाचन आयोगका प्रतिनिधिले जनाएका छन् । 

ग्रामगानमा २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा एक स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा छन् ।

अध्यक्ष पदका लागि नेकपा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update