Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । ३२ जिल्लाका ३८ स्थानीय तहमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको हो ।

आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको निर्वाचन शान्तिपूर्ण रुपमा समापन भएको निर्वाचन आयोगले जनाएको छ । 

‘आज ४१ पदका लागि भएको उपनिर्वाचन शान्ति पूर्णरुपमा भयो । कतै पनि अवरोध भएन । स्थगित पनि भएको छैन । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्यक्रम चलेको थियो,’ आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

उनका अनुसार उपनिर्वाचनमा अपारन्ह ४ बजेसम्म ६१ प्रतिशत मत खसेको थियो । तर, ५ बजेसम्मको अपडेट हुन अझै आधा घण्टा लाग्ने उनले जानकारी दिइन् । 

४१ पदका लागि विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये ४१ जना स्थानीय तहका विभिन्न नेतृत्वमा निर्वाचित हुनेछन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update