काठमाडौँ । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनी ५६२ मतसहित उनी विजयी भएका हुन् ।
नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले १७३ मत प्राप्त गरेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले नै जितेको थियो ।
उता नेकपा एकीकृत समाजवादीले पनि खाता खोलेको छ । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे ।