काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साह बिजयी भएका छन् । उनी ८१६ मतसहित निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका सन्तु उराँवले ७७९ मत पाए । नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ६९५ मत ल्याए ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।
डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– ४ देवेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजारा बिजयी भएका छन् । उनी ७५७ मत प्राप्त गरेर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लखिचन्द्र बोहराले ४८७ मत प्राप्त पाए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा एमालेका उम्मेदवार मोहमद ताहिर मुसलमान विजयी भएका छन् ।
उनले १ हजार १५० मत पाएर बिजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरे ।
जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका रफि मोहम्मद मुसलमानले १३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत ल्याएका छन् ।