Odapalika - The Fourth Estate - चौथो अंग
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष 

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भएका छन् । 

उनले ९२३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी नारायण चौधरीले ६०८ मत ल्याए । 

कांग्रेसका सञ्जीव काफ्लेले ३५९, नेकपा एकीकृत समाजवादीका निर्मला चौधरीले ३१२, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद पोखरेलले २०२, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले ७ मत पाए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भए । तिवारीले २ हजार ६३ मत प्राप्त गर्दै विजयी भए । 

तिवारीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रबिकुमार प्रधानले १ हजार ५६० मत ल्याए । एमालेका राजेश नगरकोटीले १ हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले १७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले  ३२ मत प्राप्त गरे । 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भए । उनले १ हजार १०७ मत  ल्याए । 

चन्दका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत प्राप्त गरे । 

नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । 

घिमिरेले १ हजार ८५ मत प्राप्त गर्दै बिजयी भए ।  घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले ५८७ मत पाए ।

एमालेका यमबहादुर लामाले ३४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरिन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update