Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक व्यक्त गर्दै शुक्रवार सार्वजनिक बिदा दिने भएको छ । 

उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए । रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अनितम संस्कार हुँदैछ । यसअघि उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न काठमाडौंँको राष्ट्रियसभा गृहमा राखिएको थियो । 

sok bida1694079622.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update